प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे गृहमन्त्री लामिछाने

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दुई जनाबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्थासम्बन्धी रिपोर्ट पेस गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउनेगरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।

यसका साथै सरकार गठनलगायतका विविध विषयमा समेत छलफल भएकाे थियाे। मन्त्रिपरिषदले अहिलेसम्म पूर्णता पाउन सकेकाे छैन।

पुस १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्