पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, महानगरमा सार्वजनिक बिदा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, महानगरमा सार्वजनिक बिदा
+
-

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिने छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्।

विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए। उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन्।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ। भारतले बनारस रुट नदिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन्। चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो।

सन् २०१४ मे ३१ मा नागरिक उड्ड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो। २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो। झन्डै पाँच दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना पूरा हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?