काठमाडाैँ – नेपालका प्रमुख पर्यटकीय स्थलमध्येकाे एक हाे, नाम्चे बजार। साेलुखुम्बु जिल्लामा पर्ने यस नाम्चे बजार समुन्द्रीसहतदेखि तीन हजार चार सय ४० मिटरको उचाइमा ‍अवस्थित छ।

हेर्दा सुन्दर र मनाेरम प्राकृतिक दृश्य भएकाे यस बजारमा बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बढ्दाे छ। यस बजारबाट हिमालय श्रृङ्खलाको रमणीय दृश्य पनि अवलाेकन गर्न सकिन्छ।

विगतमा सगरमाथा आरोहण तथा सगरमाथाको बेसक्याप सम्म पुग्नका लागि चाहिने सम्पूर्ण सरसामानहरू राजधानीबाटै लिएर जानुपर्ने बाध्यता रहेको थियो। तर अहिले ढुवानी गर्न लागत बढी लाग्ने भनिएका कारण महङ्गाे मूल्य तिर्नुपर्ने भए पनि यस बजारमा प्राय: सबै किसिमका सामानहरू उपलब्ध छन्।

यस बजारमा सगरमाथा बेस क्याम्प तथा त्यस क्षेत्रको ट्रेकिङमा जानेहरू नाम्चे बजारमा २ दिन जति बस्ने गर्दछन्।

नाम्चेलाई सगमाथाको प्रवेशद्वारकाे रूपमा पनि लिने गरिन्छ। सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलोको रूपमा समेत याे ठाउँ परिचित रहेको छ।

देश सञ्चारकी फाेटाे पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरू हेर्नूहाेस्: