पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटनमा उर्लियो मानवसागर (तस्बिरहरु)

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थलको उद्घाटन गरे। उद्घाटनको अवसरमा होलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरियो।

चिनियाँ निर्माण कम्पनी सीएएमसीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए।

हस्तान्तरणको ९ महिनापछि आइतबारदेखि बल्ल विमानस्थल सञ्चालनमा आएको हो। तर, भारतले बनारसको रुट नदिँदा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्रै हुनेछ।

विमानस्थल उद्घाटनमा पोखरेली मानवसागर उर्लिएको छ। २०३२ सालदेखिको सपना पूरा भएपछि पोखरेलीले उद्घाटन समारोहलाई उत्सवका रुपमा मनाएका छन्।

पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा नै दिएको छ। विमानस्थल उद्घाटनमा अनुमान गरिएको भन्दा धेरै उपस्थित भएपछि पोरखाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

पुस १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्