स्वास्थ्य सेवाका सूचना ड्यासबोडबार्ट दिन सुुरु

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा प्रवाह हुने सबै सेवाको सूचना ड्यासबोर्डबाट दिन सुुरु गरेको छ।

सुशासन कायम गर्न र सबै सूचना सहज रूपमा उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखाले डिजिटल ड्यासबोर्डको व्यवस्था गरेको हो।

स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले स्वास्थ्य क्षेत्रमा गरिएका काम तथा प्रगति विवरण सबै सार्वजनिक गर्न सोमबारबाट डिजिटल ड्यासबोर्डको व्यवस्था गरिएको बताए।

बोर्ड केही समयअघि ल्याइए पनि तयारी गर्न समय लागेको र आजबाट बोर्डबाट सबै किसिमको सूचना दिन थालिएको उनले बताए।

अब शाखाले सबै स्वास्थ्य क्षेत्रमा गर्ने दैनिक तथा वार्षिक कार्य विवरण बोर्डमार्फत सार्वजनिक गर्न सुुरु गरेको हो।
यसबाट पारदर्शिता र सुशासन कायम गर्न सहयोग पुुग्ने विश्वास उनले गरे।

कसैलाई शाखाद्वारा भएका सूचना लिनुुपर्ने भएका बोर्डबाट लिन सकिने भएका कारण सहज पनि हुनेछ। बोर्डलाई चौबीसै घण्टा खुला राखिनेछ। उक्त बोर्डको शुुभारम्भ गाउँपालिका सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गरेका हुन्।

ड्यास बोर्डको उद्घाटन गरिसकेपछि अध्यक्ष भण्डारीले प्रविधिबाट काम गर्न सहज हुने बताए। अब यसलाई दैनिक अपडेट गर्न र यसको दिगोपनामा ध्यान जानुुपर्ने उनले बताए।

कार्यक्रममा उपाध्यक्ष सुशिला रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायालगायत सहभागी थिए। यसरी बोर्डबाट सूचना प्रवाह गर्ने सिमकोट गाउँपालिका पहिलो भएको छ। यसका लागि स्वास्थ्य ड्यासबोर्ड स्वास्थ्य विभागले दिनुुका साथै दुुई जना जनशक्तिलाई तालिमको समेत व्यवस्था गरेको थियो।

पुस १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्