एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम- नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन्।

बुधवार जनकपुरधाममा नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको पहिलो बैठकबाट यादवलाई चयन गरिएको हाे।

यादव महोत्तरीको क्षेत्र नं. ४ को ‘क’ बाट निर्वाचित भएका थिए।

यसैगरी, दलको उपनेतामा धनुषाका दीपेन्द्र ठाकुर चयन भएका छन्।

मधेस प्रदेशसभामा नेकपा एमालेका २३ जना सांसद निर्वाचित भएका छन्।

पुस २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्