फोटो फिचर
काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आज शुक्रबारदेखि सुरु भएकाे छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ गर्ने परम्परा अनुसार आज उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएकाे छ।
शालीनदीमा पूजा गर्नका लागि यसवर्ष १२० जनाले नाम टिपाएका थिए। पूजा मात्र नभएर त्यहाँकाे दृश्य अवलाेकन गर्न जानेहरूकाे भीड उस्तै छ।
हेर्नूहाेस् तस्बिरहरू: