कर्मचारीको मृत्युको शोकमा गौशालामा सार्वजनिक बिदा

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकाले कर्मचारीको मृत्यु भएको शोकमा नगरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाकामा कार्यरत्त सि.अहेव(अधिकृत छैठौँ) चन्द्रकला साहको बिहीबार मृत्यु भएपछि त्यसको शोकमा आज सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजङ्ग थापाले जानकारी दिए।

नगरपालिकाले शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा र बर्थिङ्ग सेवाहरु बाहेक अन्य स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यस अघि सोमबार वडा नं. ५ को वडा कार्यालयमा कार्यरत्त कार्यालय सहयोगी लिल बहादुर बलम्पाकीको मृत्यु भएपछि मंगलबारसमेत नगरमा सार्वजनिक बिदा दिइएको थियो।

पुस २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्