सांकेतिक तस्बिर।

बुटवल – बुटवलमा कुटपिटबाट एक पुरूषको मृत्यु भएको छ। बुटवल–१३ नागरिक टोलका ६० वर्षीय यमबहादुर नेपालको स्थानीय युवाहरूको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय युवा र नेपालको परिवारबीच विवाद भएको र त्यसक्रममा कुटपिट हुँदा मृत्यु भएको भन्ने जानकारीअनुसार थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए।

घटनाबारे स्थानीय विभाजित भएका छन्। एकपक्षले कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् भने अर्का पक्षले नाली खसेर दुर्घटना हुँदा मृत्यु भएको दाबी गरेका छन्।

प्रहरीले वास्तविकता पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ।

पुस २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्