एनसिसिको तालिम लिँदै आएका विद्यार्थीलाई सेनाद्वारा बाँकेको कोहलपुरमा लगियो

सिमकोट – नेपाली सेनाल हुम्लाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा–छात्रलाई एनसिसिसम्बन्धी अन्तिम तालिम प्रदान गर्न बाँके जिल्लाको कोहलपुुरमा शनिवार लगेको छ। शनिवार सेनाको हेलिकोप्टर आएर ती विद्यार्थीलाई कोहलपुुर लगेको हो।

बराह दल गुल्मका गुल्मपति दिनेश खड्काले चार महिनादेखि सिमकोटमा एनसिसि तालिम लिँदै आएको ३६ जना छात्रछात्रालाई अन्तिम तालिमका लागि नेपालगञ्ज लगिएको बताए।

त्यसमा १८ जना छात्रा छन् भने १८ छात्र छन्। दुुई दिन अगाडि नै विद्यार्थी जानुुपर्ने भए पनि हुम्लामा हावा लागेका कारण हेलिकोप्टर आउन सकेको थिएन।

शनिवार ती विद्यार्थीलाई लिन नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर हुम्ला आएको थियो। उक्त अवधिमा ती विद्यार्थीले जिल्लामै अभ्यास गर्दै आएका थिए। सेनाले ती विद्यार्थीमा अनुुशासन, राष्ट्रभक्ति र स्वयंसेवा जागृत गराउने तालिम प्रदान गर्दै आएको थियो।

उनीहरूले ७९ दिन जिल्लामै तालिम प्रदान गरिएको थियो भने अब १६ दिन नेपालगञ्जको कोहलपुुर तालिम प्रदान गरिनेछ।

त्यसपछि उनीहरू पासआउट हुनेछन्। हुम्ला फिर्ता सेनाले नै गर्नेछ। हुम्लाका दुुई वटा विद्यालय मानसरोवर नमुना मावि र बालमन्दिर माविका छात्राछात्रलाई चार वर्षदेखि उक्त तालिमा प्रदान गर्दै आएको छ। तालिमपश्चात् विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्नु पर्नेछ।

पुस २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्