मधेस प्रदेशः जसपा संसदीय दलको चुनाव भोलि

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि सोमबार मतदान हुने भएको छ। मधेस प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी जसपाका १६ जना सांसद छन्।

पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्नका लागि आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार आइतबार मतदाता नामावली प्रकाशन र त्यसमाथि विरोध तथा संशोधन र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

सोमबार संसदीय दलको नेताका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए।

यस्तै, संसदीय दलको नेता चयनका लागि साँझ ५ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। संसदीय दलमा कसैले तत्काल कायम रहेको सम्पूर्ण सांसदहरुको बहुमत मत प्राप्त गर्न नसकेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई जनाबीच पुनः पुस २६ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदान हुने छ।

मधेस प्रदेशमा जसपाबाट संसदीय दलको नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज राय, रामअशिष यादवलगायतका प्रदेशसभा सदस्यहरु आकांक्षी छन्।

पुस २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्