चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको काम सोचेकोजस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताए।

त्यस्तै, अभिनेता जितु नेपालले आफूलाई कमेडीको रुपमा दर्शकले बुझे पनि चलचित्रमा आफ्नो पात्र फरक भएको बताए। उनले चलचित्रमा आफ्नो जीवनमा फिल्म ‘ह्यारीकी प्यारी’ कोशेढुंगा भएको बताए।

त्यस्तै, कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्न साइन गर्दा अभिनेताको रुपमा जितु नेपालभन्दा छक्क परेको बताइन्।

माघ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्यारीकी प्यारी’मा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ। सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ।

पुस २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्