भारतकाे लखनउमा बस दुर्घटना हुँदा १४ नेपालीकाे मृत्यु

सांकेतिक तस्विर

धनगढी- भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ।

भारतको गुजरातबाट कैलालीकाे टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ।

टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ।

उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए। मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन।

तर ठुलाे संख्यामा नेपालीकाे मृत्यु भएकाे बुझिएकाे उनले बताए।

दुई बस एकआपसमा ठाेकिँदा दुर्घटना भएकाे र साे बसमा अधिकांस टीकापुरका स्थानीय रहेकाे बुझिएकाे छ।

पुस २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्