लखनउ बस दुर्घटना अपडेट : मृत्यु भएका ३ नेपालीकाे सनाखत

धनगढी – भारतकाे लखनउमा बस दुर्घटनामा मृत्यु भएका मध्य ३ जना नेपालीकाे सनाखत भएकाे छ।

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना १४ जना नेपालीकाे मृत्यु भएकाे अपुष्ट खबर आएपनि तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको पुष्टि भएकाे छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरू कैलाली टीकापुर नगरपालिकाका रहेका छन्।

प्रजिअ थापाका अनुसार टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराकाे दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक रहेका छन्। केहीले अन्य १७ जना घाइते भएका बताएका छन् भने केहीले थप १० जनाकाे मृत्यु भएकाे बताएका छन्।

प्रजिअ थापाले घटनाबारे थप बुझ्ने काम भइरहेकाे र बिस्तृत आउन बाँकी रहेकाे जानकारी दिए।

बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो।

पुस २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्