जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

जनकपुरधाम- जनता समाजवादी पार्टी मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन्।
संसदीय दलको नेताका लागि निवर्तमान सभामुख समेत रहेका यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए।
मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रूपमा चयन भएका हुन्।
जसपाको मधेस प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी १६ जना सांसद छन्।