चोरीको मोटरसाइकलमा सवार दुई जना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम – सप्तरी प्रहरीले चोरीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० बस्ने ४० वर्षीय शम्भु यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शनिबार साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित कुनौली भंसार कार्यालयको अगाडि सोही पालिका–१ का मो.हरुनले पार्किङ्ग गरेर राखेको प्र २–०१–००३ प ०१२६ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

सो मोटरसाइकल खोजी गर्ने क्रममा आइतबार तिलाठी कोईलाडी १ स्थित चोरीको मोटरसाइकलमा सवार भएर आइरहेको अवस्थामा दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पुस २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्