मधेस प्रदेशकाे मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

जनकपुरधाम – मधेस प्रदेशकाे मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्।
६३ सांसदको बहुमतसहित जनता समाजवादी पार्टी(जसपा)का यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
आज बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदको सहयोगमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादी केन्द्र ७, लोकतान्त्रिक समाजवादी ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र ५ जना स्वतन्त्र सांसद छन्।
माओवादी केन्द्रका दुई समानुपातिक सिटको सम्बन्धमा सर्वोच्चमा मुद्दा रहेकाले अहिले दुई पदमा निर्वाचित घोषणा गरिएको छैन।