एकतामा नअटाएका हामी 

एकता दिवस रे!
खै त बर्सौँ पेलिएकाहरुलाई न्याय?
पिछडिएका व्यक्तिले कतिञ्जेल सहिरहने?
चार जातको साझा फूलबारीमा म कहिले
समेटिन सकिन
 जातको पुछर झुन्ड्याई
विविधतामा एकता कहिल्लै ल्याउन सकेन
 भनिन्छ- विविधतामा एकता भएको मेरो देश रे
 कहिल्यै सम्मानपूर्वक बाँच्न सकिन
 बर्सौँदेखि पिछडिएका व्यक्तिलाई
युगौँदेखि अहिलेसम्म मानवताको दृष्टिले हेर्न सकिएन
 खै, यही हो एकता? यहि हो मानवता?
 भनिन्छ- सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली
  त्यो अन्यायमा परेको मालाको
  डोरीले कहिलै न्याय पाउन सकेन
  आफ्नो अस्तित्व नराखी त्यो दिएको आकारको
  मूल्यांकन कहिल्यै/कसैले गरेन!
इतिहासले  ओझेलमा पारेको बिसे नगर्ची
इतिहासले न्याय कहिले  गर्नेछ?
बिसे नगर्ची जस्ता हजारौंको बलिदानलाई कसरी न्याय दिने
अछुत, सुद्र, तल्लो जात भनी परिभाषित  गर्ने?
गर्व लाग्छ मलाई मेरो देश!
पुस २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्