प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, एमाले र माओवादीका गरी तीन मन्त्री थप

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्।

आज शुक्रबार संसदबाट विश्वासको मत लिनुअघि नेकपा माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

आज थप गरेका तीन मन्त्रीमा: माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई रहेका छन्। यी मन्त्रीहरूलाई हालसम्म कुनै विभाग छुट्याइएकाे छैन।

यी तीन मन्त्रीमा: आचार्य मोरङबाट, चापागाईँ तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट निर्वाचित भएका हुन्।

यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन्। विश्वासको मत लिने लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

पुस २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्