भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत सुरु भइसकेकाे छ। पुस २२ गतेदेखि व्रतमेला सुरु भएकाे हाे।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ।

व्रतमेला सुरु भएसँगै भक्तजनहरू माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ।

यसैक्रममा आज बिहान हनुमानघाटमा स्नान गरी सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि ब्रत सुरु भएको थियो।

यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको मानिन्छ ।

व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ।

देश सञ्चारका फाेटाे पत्रकार सुलभ श्रेष्ठले देश सञ्चारका लागि खिचेका तस्बिरहरू: