६८ यात्रु बोकेको यति एयरलायन्सको जहाज पोखरामा दुर्घटना

पोखरा- पोखरामा जहाज दुर्घटना भएको छ ।

यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो । जहाजमा ६८ यात्रु थिए।

काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

प्रहरी, आर्मी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै सेती खोंचमा खसेको हो।

माघ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्