यति एयर अपडेट: दुर्घटनामा परेकाकाे उद्धारमा कठिनाइ (तस्बिरसहित)

विमान दुर्घटनास्थल।

पोखरा – पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजका यात्रुलाई उद्धारमा कठिनाइ भएको छ।

पोखरा महानगरपालिका- १५ सितारामपुल नजिकै सेती खोंचमा जहाज दुर्घटना भएको हो।

उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। आगोको मुस्लो दन्किरहेकाे छ।

पानीको फोहोराले आगो निभाउने प्रयास भइरहेको छ।

थप तस्बिरहरू:

माघ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्