सनाखत भएकाको शव भोलि ९ बजेपछि परिवारलाई बुझाइने

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर।

पोखरा – पोखरामा यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव भोलि बिहान मात्रै परिवारलाई बुझाइने भएको छ। सनाखत भएका शव भोलि बिहान ९ बजेपछि बुझाइने भएको हो।

दुर्घटनामा परेर मृत्यु भएका २३ जनाको सनाखत भएको छ। ५९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तीन जनाको शव निकाल्नलाई भने कठिन भइरहेको छ।

एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ। ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ।

माघ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्