पोखरा विमान दुर्घटनाः थप एक जनाको शव भेटियो

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको खोजी गर्दै उद्धारकर्ता। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

पोखरा – पोखराको सेती नदी खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा थप एक जनाको शव निकालिएको छ। तीन जना अवस्था अझै अज्ञात रहेको छ।

‘खोंचबाट शव निकालेको खबर आएको छ। अस्पताल ल्याइपुर्‍याइएको छैन’, पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले भने।

अस्पतालमा ६८ जनाको शव लगिएको छ। पोष्टमार्टम सुरु भइसकेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आइतबारदेखि शव खोजिरहेको छ।

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार

यद्यपि, अहिले विमान दुर्घटनास्थलमा उपस्थित हाम्रा फोटो पत्रकार सुलभ श्रेष्ठले थप तीन जनाको शव भेटिएको जानकारी गराएका छन्। बाँकी एक जनाको खोजी कार्य जारी रहेको छ। आधिकारिक निकायबाट यसको औपचारिक पुष्टि हुन बाँकी छ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

माघ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्