फोटो फिचर
पोखरा – पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६९ जनाको शव फेला परेको छ।
६८ शव आइतबार नै भेटिएका थिए। सोमबार थप एक जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एपसी अजय केसीले जानकारी दिएका छन्। प्रहरीका अनुसार ३ जनाको अवस्था अझै अज्ञात छ। खोजी कार्य अहिले पनि जारी छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ। उद्धारमा कुकुरसमेत परिचालन गरिएको छ।
विमान दुर्घटनास्थल पुगेर देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका उद्धार कार्यका केही तस्बिरहरुः