बागमतीको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित

फाइल तस्बिर।
मकवानपुर – बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन्।
आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रदेश सभामा ११० सदस्य रहेकोमा १०८ जना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
बैठकमा उपस्थितमध्ये ६१ ले प्रस्तावको पक्षमा मत हालेका थिए। विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो। चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए।