यती एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएको शव काठमाडौँ लैजान खटियो सेना

काठमाडौँ– पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याउन पोखरा विमानस्थलतर्फ लगिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर कार्कीका अनुसार हेलिकोप्टरबाट शव काठमाडौँ लैजान सेनाले सुरु गरेको छ।

कास्की प्रहरीका अनुसार २४ शवको पोष्टमार्टम पोखरामै गरिएको छ भने बाँकीको पोष्टमार्टम काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा हुनेछ।

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव पोष्टमार्टमका लागि मंगलबार काठमाडौँ ल्याउन लागिएको हो। पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइने छ।

तस्बिरहरु: सुलभ श्रेष्ठ

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्