मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

फाइल तस्बिर।

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (भोलि) विश्वासको मत लिने भएका छन्।

गत पुस २६ गते मुख्यमन्त्री बनेका जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवले बुधबार विश्वासको मत लिने सदनमा जानकारी गराएका छन्।

मुख्यमन्त्री यादवले शुक्रबार शपथ लिएका थिए। यादव नेतृत्वको सरकारमा सञ्जय यादव, सरोजकुमार यादव र वसन्त कुशवाहाले बिनाविभागीय मन्त्री छन्।

यादव ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनी नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवलाई ७२ सांसदको साथ छ। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतको लागि ५४ सांसदको आवश्यक छ।

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्