मधेस प्रदेश सभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए।

मण्डलको पक्षमा ७४ मत आएको छ भने उनको विपक्षमा २९ मत परेको छ।

मण्डललाई कांग्रेस र नेकपा एसका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरुले मतदान गरेका छन्।

सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार बनेका थिए।

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्