एक लाख ४० हजार घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा एक लाख ४० हजार घुस रकमसहित इन्जिनियरलाई पक्राउ गरेको छ।

शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित उनको कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जनाएको छ।

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्