मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता इसर निर्वाचित

जनकपुरधाम – मधेस प्रदेशसभाको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन्।

मंगलबार भएको उपसभामुखको निर्वाचनमा हाल कायम रहेका १०५ जना सांसदमध्ये १०१ जनाको उपस्थिति रहेकोमा मतदान गर्दा इसरको पक्षमा ७२ र विपक्षमा २९ मत परेको जेष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले सदनलाई जानकारी गराए।

उपसभामुखमा जनमत पार्टीकी इसरलाई नेपाली कांग्रेस र नेकपा एसका सांसदले विपक्षमा मतदान गरेका छन्।

यसअघि सभामुखमा आजै नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका थिए।

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्