मधेसका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बुधबार बिहान सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मंगलबार नेकपा एमालेका मण्डल सभामुखमा र जनमत पार्टीकी ईशर उपसभामुखमा निर्वाचित भएका थिए।

१०३ जना उपस्थित रहेकोमा सभामुख मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो।

 

यस्तै, उपसभामुखको निर्वाचन हुँदा १०१ जना उपस्थित रहेकोमा ईशरको पक्षमा ७२ जना र विपक्षमा २९ जनाले मतदान गरेका थिए।

मधेस प्रदेशमा १०७ जना सांसद रहे पनि हाल १०५ जना प्रदेशसभा सदस्य कायम रहेका छन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्