सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सहभागी गराउँछौँ: मुख्यमन्त्री यादव

सरोज कुमार यादव। फाइल तस्बिर।

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई-तीन दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँगकाे प्रतिक्रियामा  बुधबार विश्वासको मत लिएपछि आगामी दुई-तीन दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका हुन्।

उनले सबै दलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सामिल गराउने जानकारी दिए।

मधेस प्रदेशमा विभिन्न १० वटा राजनीतिक दल र केही स्वतन्त्र सांसद रहेकोमा ७ दलको समर्थनमा जसपाको संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

हाल मुख्यमन्त्री र तीन विनाविभागिय मन्त्री मन्त्रिपरिषदमा रहेका छन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्