‘भागवत गीता’मा विपीन कार्की पनि

काठमाडौँ – अभिनेत्री तथा निर्देशक झरना थापाकाे चलचित्र ‘भागवत गीता’मा अभिनेता विपीन कार्की अनुवन्धित भएका छन्।

चलचित्र ‘ए मेरो हजुर २’बाट निर्देशनमा डेब्यू गरेकी झरनाकाे चलचित्रमा विपिन पनि जाेडिने भएका हुन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको साे चलचित्रमा मुख्य भूमिका अभिनेत्री सुहाना थापाको रहेकाे छ भने उनकाे अपोजिटमा अभिनेता धीरज मगर रहेका छन्।

हालै ‘प्रसाद २’को सुटिङ सकेर फर्किएका विपीन अब यस चलचित्रमा जाेडिएका हुन्। यस चलचित्रमा उनकाे के कस्ताे भूमिका रहन्छ भन्नेबारे खुलाइएकाे छैन।

झरनाले फेसबुकमा एक पोस्टमार्फत् विपीनलाई टिम ‘भागवत गीता’मा स्वागत गरेकी हुन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्