मधेसका मुख्यमन्त्री यादवले पाए प्रचण्ड विश्वासको मत, विपक्षमा शून्य

फाइल तस्बिर।

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रचण्ड विश्वासको मत पाएका छन्।

मधेस प्रदेशसभामा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा हाल १०५ जना कायम रहँदा उपस्थित १०२ सबै सांसदले उनको पक्षमा मतदान गरेका छन्।

जनता समाजवादी पार्टीको संसदीय दलको नेता रहेका यादव ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

जसपासहित विभिन्न ७ वटा राजनीतिक दल र दुईजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले विश्वासको मत लिँदा उनको विपक्षमा कसैले मतदान गरेको छैनन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्