रैथाने बाली खरिदमा किसानलाई गाउँपालिकाले अनुदान दिने

सिमकोट – सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बाली खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्माण गरेको खरिद मूल्यभन्दा अतिरिक्त हो।
गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले रैथान बालीको अन्न खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने बताए।
किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुुदान दिने निष्कर्षमा गाउँपालिका पुुगेको हो। गाउँपालिकाले दिने अनुुदानमा अप्रशोधित बाली प्रतिकेजी चिनो, कागुनो र फापरमा दश रुपैयाँ र सिमीमा ५० रुपैयाँ अनुदान दिनेछ।
त्यसैगरी, प्रशोधित रैथाने बालीको अन्नमा प्रतिकेजी चिनो र कागुनोमा प्रतिकेजी १५ रुपैयाँ अनुदान दिइनेछ। अब गाउँपालिकाले खरिद गर्ने रैथाने बालीको खरिदमूल्य चिनो अप्रशोधित प्रतिकेजी १३० रुपैयाँ र प्रशोधित १८५ रुपैयाँ पर्नेछ।
त्यसैगरी कागुनो अप्रशोधित प्रतिकेजी १३० र प्रशोधितलाई प्रतिकेजी १८५ रुपैयाँ पर्छ। यता, फापरको मूल्य प्रतिकेजी सय रुपैयाँ र सिमी प्रतिकेजी दुुई सय रुपैयाँ पर्छ। यसका लागि सिमकोट गाउँपालिकाले १० लाख बजेट लगानी गर्ने लक्ष्य लिएको छ।
यी रैथाने बाली खरिदका लागि खाद्य लिमिटेडले चिनो ( चामल) प्रशोधित प्रतिकेजी १७० रुपैयाँ र प्रशोधन नगरेको चिनोको प्रतिकेजी १२० रुपैयाँ, कागुुनो पनि सोही मूल्य निर्धारण गरिएको थियो।
फापर दानाको प्रतिकेजी ९० रुपैयाँ र सिमी प्रतिकेजी १५० रुपैयाँ दिनेछ। लिमिटेडको सिमकोट शाखाले सिमकोट गाउँपालिकासँग सिमी ५० क्विन्टल, चिनोको चामल ५०, फापर दाना ५० र कागुुनो ५ क्विन्टल गरी १५५ क्विन्टल खाद्यान्न किसानसँग खरिदका लागि सम्झौता गरेको थियो।
गाउँबाट खरिद भएर गाउँपालिकासम्म ल्याइपुर् याउन लाग्ने ढुवानी खर्च भने गाउँपालिकाले लगानी गर्नेछ। अन्नको प्रशोधन र प्याकेजिङको काम पनि गाउँपालिकाले गर्नु पर्नेछ। सिमकोटबाट सुर्खेत हुँदै काठमाडौँसम्मको ढुवानी भने लिमिटेडले लगानी गर्नु पर्नेछ।