कटुवा पेस्तोलसहित सर्लाहीबाट २२ वर्षीय युवक पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम – कटुवा पेस्तोल लिएर घुमिरहेको एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब पौने ११ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ईश्वरपुर ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।

प्रहरीले यादवको साथबाट कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने ९ एमएमकेएफ लेखिएको १ थान गोली बरामद गरेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्