गोरु पाल्ने किसानलाई अनुदान

फाइल फोटो।

चौतारा –  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो।

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो।

नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ। अनुदानका लागि नगरपालिकाले रु दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ। रासस

माघ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्