निकुञ्जमा तस्करले मारे दुइटा गैँडा

चितवन- तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन्। निकुञ्जले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा भेटिएको जानकारी दिएको छ।

करिब १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको निकुञ्जले जानकारी दिएको हो। स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए। पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ।

मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्