क्षितिज मगरको कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

काठमाडौँ- क्षितिज मगर कथासंग्रह भेडीकम्बलको प्वाल सार्वजनिक भएको छ।

शनिबार काठमाडौँको अनामनगरमा एक कार्यक्रमकाे आयाेजना गरी कथासंग्रह सार्वजनिक गरिएकाे हाे।

क्षितिजकाे याे कथासंग्रह चाैथाे कृति हाे।

साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको सुरुवाती चरणको वृत्तान्त सुनाए।

भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए। कथाहरु मगर संस्कृतिले सजिएकोसमेत उनको भनाइ थियो।

कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरू(कविता संग्रह), सुनछहरीको ऐना(कथासंग्रह), गण्डक अभियान(डायरी) प्रकाशित छन्।

१९२ पृष्ठको कथासंग्रहको मूल्य विवेक सिर्जनशीलले ४५० रुपैयाँ तोकेको छ।

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्