
काठमाडौँ- प्रहरीले राजधानीको सोल्टी होटलमा भइरहेको दुबई प्रोपर्टी मेला रोकेको छ।
दुबईको रियलस्टेट कम्पनी ड्याम्याकले आयोजना गरेको मेला प्रहरीले आइतबार रोकेको हो। उक्त मेला शनिबारदेखि काठमाडौंको सोल्टी होटलमा भइरहेको थियो।
नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको भए पनि नेपालमा यस्ता मेला आयोजना हुँदै आएका छन्। यद्यपि राष्ट्र बैंकले भने यस्ता मेला आयोजना गर्न रोक लगाएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनकोे यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको उल्लेख गरेको छ।