काभ्रेको चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

afO; lkm6 cUnf] a'4 d"lt{ sfe|]knf~rf]s, ( df3 M sfe|]knf~rf]ssf] rf}F/Lb]p/fnL ufpFkflnsf–^ cf?af]6df lgdf{0f ul/Psf] @@ lkm6 cUnf] zfSod'lg uf}td a'4sf] d"lt{ . d"lt{sf] @*%(cf}F ;f]gfd Nxf]5f/sf] cj;/df cfOtaf/ k|f0f k|lti7f;lxt pb3f6g ul/Psf] 5 . tl:a/ M /fhs'df/ k/fh'nL÷/f;;

काभ्रेपलाञ्चोक – काभ्रेको चौँरीदेउराली गाउँपालिका- ६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ। मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ।

मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो। ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन्। उनले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गरेका हुन्। २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो। समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताए।

कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गरेका थिए। सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिएका थिए।

माघ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्