ग्लोबल नेपाली फिल्म अवार्डको छैठौँ संस्करण आउँदाे अगष्टमा न्युयोर्कमा हुने

फाइल तस्बिर।

काठमाडाैँ – ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को छैठौँ संस्करण आगामी अगष्टमा अमेरिकाकाे न्युयोर्कमा हुने भएकाे छ।

विगत ५ वर्षदेखि निरन्तर गरिँदै आएकाे साे ‍अवार्ड कार्यक्रमकाे छैठौँ संस्करण यही वर्षकाे १२ अगष्टमा अमेरिकाको न्युयोर्कमा हुने भएकाे नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए।

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन विस्तारकाे उद्देश्यले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको आयाेजककाे दाबी छ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्