वामदेव गौतमलाई छिटो समाजवादीमा आउन अध्यक्ष नेपालको आग्रह

काठमाडौँ – वामपन्थी नेता वामेदव गौतमलाई पार्टी प्रवेश गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेका छन्।

मंगलबार दुई नेताबीच भएको भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा समाहित हुन प्रस्ताव गरेका हुन्। एमाले परित्याग गरेपछि गौतम एकता अभियान सञ्चालन गरिरेका छन्।

जवाफमा गौतमले प्रस्तावलाई सकारात्मक रुपमा लिएको छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु अध्यक्ष नेपाललाई हस्तान्तरण गरे।

दुई नेताले दस्ताबेजहरु अध्ययन गर्ने र त्यस विषयमा अर्को भेटमा छलफल गर्ने सहमति भएको छ। भेटमा समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गंगालाल तुलाधरको उपस्थिति थियो।

केही समय अघि घनश्याम भुसाल एकीकृत मसाजवादीमा प्रवेश गरेका छन्।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्