अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

सांकेतिक तस्बिर।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन्।

मङ्गलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरे। जारी सङ्कटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो।

उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्कअनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ। आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताएका छन्।

सोमबार र मङ्गलबार ‘टेकवे अल्कोहल–मुक्त दिनहरू’ हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजे बीचको अवधिमा मात्र हुनेछ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्