कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

साङ्केतिक तस्बिर।

कैलाली – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु-१९ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल-७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ।

सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक टोलीले लिग चरणमा चार-चार खेल खेल्ने छन्। समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ।

आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन्।

उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्