संसद भवनअगाडि आत्मदाह प्रयास गरेका युवककाे मृत्यु

सांकेतिक तस्बिर।

काठमाडाैँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आफैँलाई जलाएका युवककाे मृत्यु भएकाे छ।

इलामका प्रेमप्रसाद आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे हाे।

प्रहरीले हिजाे उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियाे। कीर्तिपुर अस्पतालमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे।

आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेको पाइएको छ।

स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

जसका कारण आफूमा बाँच्ने आशा मरिसकेको हुँदा आफू आत्मदाह गर्न लागेको बताएका छन्।

 

 

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्