५८ औँ वार्षिकोत्सवकाे अवसर पारेर

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबिबि डिजिटल संसार एप्स्’काे शुभराम्भ

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नाे ५८ औँ वार्षिकोत्सवकाे आरबिबि डिजिटल संसार एप्स्’काे शुभराम्भ गरेकाे छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएकाे उक्त साधारणसभामार्फत डिजिटल संसार एप्सका साथै विभिन्न नयाँ सेवा सार्वजनिक गरिएकाे हाे।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलकाले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकको भूमिका सकारात्मक रहने बताएका थिए।

बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने उनकाे भनाइ थियाे। उनले बैंकले आगामी दिनमा नाफामाभन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए। उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनपर्ने बताए।

प्रमुख अतिथि एवम् माननीय विष्णुप्रसाद पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ गरेका थिए। बैंकको ५८ औँ वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार-२०७९ विमोचन गरेका थिए।

कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए।

उनले अहिले नीजि क्षेत्रका बैंकहरूको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताए।

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै कार्यलाई प्रभावकारी दिने बताए।

बैंकको अचल सम्पतिको उचित व्यवस्थापन गर्न बैंकको हिसाबमिलानको कार्यलाई प्रभावकारी बनाउन अनावश्यक खर्च कट्याैती तथा नियन्त्रणका लागि विभिन्न माैद्दिक नीति बनाइ कार्यान्वयन गर्ने आदि मूख्य प्राथमिकताका विषय रहेका बताए‍।

उनले त्यस बाहेक बैंंकको ग्राहक सेवामा पनि अझ सूधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरु प्रतिको जनमानसमा रहेको नकारात्मक कुरा र सरकारी पाराको आरोपलाई हदैसम्म हटाइ बैंकलाई हरेक पक्षबाट सूदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए।

साथै, उनले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्