नकआउट फुटबल खेल तालिका: ११ प्रतियोगिता हुँदै, काठमाडौँमा केपी ओली गोल्डकप

सांकेतिक तस्बिर ।

अखिल नेपाल फुटबल संघले देशका विभिन्न स्थानमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

‘ए’ डिभिजन लिग बीचमा एन्फाले मोफसलका प्रतियोगिताहरूको मिति सार्वजानिक गरेको हो।

एन्फाले लिगको खेल तालिका स्थगित नहुने भएकाले नकआउट प्रतियोगितामा सम्बन्धित क्लबले आफैँ समय मिलाउनु पर्ने जनाएको छ।

साथै एकै क्लबले एकै मितिमा हुने दुई नकआउट प्रतियोगितामा भने सहभागी हुन नपाउने एन्फाले जनाएको छ। प्रतियोगिताका ११ खेल २६ माघदेखि १८ चैतसम्म हुने छ।

एन्फाले निकालेको तालिकामा काठमाडौँमा औपचारिक रूपमा केपी ओली गोल्डकप हुने जनाएको छ।

कुनै पनि जीवित नेताका नाममा पहिलो पटक एन्फाले नकआउट प्रतियोगिताको आधिकारिक तालिका सार्वजानिक गरेको हो। केपी ओली गोल्डकप आगामी ११ देखि १७ फागुनसम्म काठमाडौँमा हुने जनाइएको छ।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्