सर्वाेच्चकाे आदेशपछि माला कर्ण र माे. रजी हैदरले लिए शपथ

जनकपुरधाम- नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

सर्वोच्च अदालतमा दुवैजना विरुद्ध मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो। सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ ग्रहण गरेका हुन्।

कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका हुन्।

मधेस प्रदेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १०७ जना सांसद छन्।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्